विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई 'ह्विप' जारी

Advertisement

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्तिमार्फत यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।  

Advertisement

प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका छ ।

Advertisement

Advertisement