प्रहरीलाई गृहमन्त्रीको निर्देशन : अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन

Advertisement

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीलाई आफ्नो निर्देशन नकुर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत मन्त्री लामिछानेले यस्तो अपिल गरेका हुन् । 

‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन,’ उनले लेखेका छन् । 

Advertisement

साथै, कानुनी राज्य भनेको के हो ऐन पल्टाएर देखाइदिन पनि उनले अपिल गरेका छन् । 

‘तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस्, मेरो शुभकामना छ।’

undefined

Advertisement

Advertisement