सुनको मूल्य प्रतितोला १ हजार घट्यो, चाँदी पनि २० रुपियाँ सस्तियो

Advertisement

काठमाडौं । फागुन महिनाको अन्तिम दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार र चाँदी २० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement