अर्थमन्त्री महतले उठाए हात, आफैले बनाएको बजेट संशोधन गर्दै दुई खर्ब २१ अर्बले घटाए

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेटको संशोधित अनुमान पेश गरेका छ्न् । आव २०८०–८१ को बजेटको सोमबार अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै उनले दुई खर्ब २१ अर्बले आकार घटाए । 

आर्थिक मन्दीका कारण लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएपछि महतले आफैले बनाएको बजेटको आधार घटाएर संशोधित अनुमान पेश गरेका हुन् ।

Advertisement

कुल १७ खर्ब ५१ अर्बको बजेट पेश गरेका उनले १५ खर्ब ३० अर्ब ६६ करोड मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ । राजश्व कम उठेकाले खर्च पनि कम हुने उनको तर्क छ । 

अहिले भन्सार महशुल र अन्तःशुल्कमा राजश्व निकै घटेको मन्त्री महतको भनाई छ । अर्थतन्त्रमा ब्याजदर घट्दा ऋण लगानी बढ्न थोरै समय लाग्ने उनले बताए । धेरै युवाहरू विदेश जाँदा आन्तरिक उपभोगमा कमि आएको छ । सोही कारण औद्यौगिक उत्पादन, व्यवसायिक गतिविधि र राजश्व संकलनमा पनि शिथिलता आएको छ । 

Advertisement

Advertisement