सुन तस्करी प्रकरणः प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष गुरुङ धरौटीमा रिहा

Advertisement

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । 

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  जानकारी दिए । 

Advertisement

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

अदालतको आदेश अनुसार धरौटी बुझाएर गुरुङ रिहा भएका छन् । उनी प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष हुन् । 

Advertisement

Advertisement