आज यी तीन कम्पनीको साधारणसभा, के-के छन् मुख्य एजेन्डा ?

Advertisement

काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारणसभा बस्दैछ । शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारणसभा आज बस्दैछ । 

सभामा यी तीनवटै कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेका छैनन् ।

Advertisement

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुँदैछ । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्नेछ ।  

सभा प्रयाजनार्थ कम्पनीले फागुन २७ गते देखि बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् । 

त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न एकैसाथ सभा बोलाएका हुन् ।

किसान लघुवित्तको पाँचौ वार्षिक साधारण सभा ताज प्यालेस, स्पेशियल चोक, गल्फुटार, काठमाडौँमा बिहान ११ बजे र जाल्पा लघुवित्तको पाँचौ वार्षिक साधारण सभा द एसआर होटल, तिलोत्तमा नगरपालिका १ ड्राइभरटोल, रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

यी दुवैको सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्जर वा एक्विजिसन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

सभा प्रयोजनार्थ जाल्पा सामुदायिक लघुवित्तले फागुन २४ गते र किसान लघुवित्तले चैत्र १ गते बुक क्लोज गरिसकेका छन् ।

Advertisement

Advertisement