युनाइटेड अजोड इन्स्योरेन्सको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयरको मूल्य प्रतिकित्ता २७० रुपियाँ तोकिएको छ । त्यस्तै, न्यूनतम पाँच हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल सुन्धारा काठमाडौंमा खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement