शेयर बजार दोहोरो अंकले उचालिंदा पनि कारोबार रकममा देखिएन उत्साह

Advertisement

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । तर कारोबार रकम भने साढे २ अर्ब पनि पुग्न सकेन ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.१४ अंकले उचालिएको हो । ०.४९ प्रतिशतले बजार बढ्दा नेप्से २०४१.७० अंकमा उक्लिएको छ । 

Advertisement

आज ३१० कम्पनीका ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३.०१ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन दोल्ती पावर, सर्वोत्तम सिमेन्ट र वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.४३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३५ प्रतिशतले घाटा व्यहोरको छन् । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ३१ लख ३९ हजार ७०.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

हिजो सोमबार १७.०१ अंकले बजार घट्दा २ अर्ब ४८ करोड ९१ लख १८ हजार ४ सय ८५.०८ रुपियाँ बराबरको कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने होली पर्वको बिदाका कारण शेयर बजार बन्द थियो ।   
 

Advertisement

Advertisement