बजार दोहोरो अंकले घट्दा पनि सर्वोत्तम सिमेन्टमा लगातार ‘पोजेटिभ सर्किट’

Advertisement

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटे पनि सर्वोत्तम सिमेन्टमा भने पोजेटिभ सर्किट लाग्ने क्रम जारी रह्यो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.८३ अंकले घटेको हो । ०.५३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३०.८६ अंकमा ओर्लिएको छ । 

Advertisement

आज ३१० कमपनीका ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४.३० रुपियाँ बराबरको कारोबार भएको हो । 

आज पनि सर्वोत्तम सिमन्टमा पोजेटिभ सर्किट लागेको छ । कारोबार खुलेकै दिनदेखि पोजेटिभ सर्किट लाग्ने क्रमले निरन्तरता पाएको हो । यसरी लगातार पोजेटिभ सर्किट लाग्दा उक्त कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । उक्त कम्पनीको शेयरको मूल्य प्रतिकित्ता रु. ९८४.६० पुगेको छ । बुक बिल्डिङ बिधिद्वारा कम्पनीले प्रतिकित्ता रु. ३६०.९० मा आईपीओ बिक्री गरेको थियो । आईपीओ पर्ने भाग्यमानीहरुले कम्तिमा ५० कित्ता पाएका छन् । हिमालयन ८०–२० का लगानीकर्ताहरुले पनि आज ९.९३ प्रतिशतले नाफा कमाए । 

त्यस्तै कालिका लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६६ प्रतिशतले घाटा व्यहोरेका हुन् । 

आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३ सय २०.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  
 
सोमबार १७.०१ अंकले बजार घट्दा २ अर्ब ४८ करोड ९१ लख १८ हजार ४ सय ८५.०८ रुपियाँ र हिजो मंगलबार १०.१४ अंकले बजार बढ्दा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३.०१ रुपियाँ  बराबरको कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने होली पर्वको बिदाका कारण शेयर बजार बन्द थियो ।   

Advertisement

Advertisement