मैलुङ खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Advertisement

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १६ गते) शुक्रबार बुक क्लोज गर्दैछ ।

Advertisement

तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा साधारणसभा बोलाएको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको २.२२११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्ताव पनि सभाले पारित गर्ने बताइएको छ ।

Advertisement

Advertisement