फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन हो ।  लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । 

लिलामी शेयरमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । 

Advertisement

यसमा न्यूनतम ३०० रुपियाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले चैत १३ गतेदेखि उक्त संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

Advertisement

Advertisement