शेयर बजारमा झिनो सुधार, सर्वोत्तम सिमेन्टको उच्च कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजार थोरै माथि चढे पनि कारोबार रकम खासै बढ्न सकेन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.७८ अंकले माथि चढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३५.६४ अंकमा पुगेको छ । 

Advertisement

आज ३१३ कम्पनीका ६६ लाख १४ हजार ४ सय ४५ कित्ता शेयर किनबेच हूँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८.५१ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज हिमालय उर्जा, सर्वोत्तम सिमन्ट, हिमालयन हाइड्रो, सामलिङ पावर र पिपुल्स पावरका लगानीकर्ताहरुले क्रमशः १०, ९.९६, ८.७३, ८.०७ र ७.४४ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै उन्नति सहकार्य र धौलागिरि लघुवित्तका लगानीकर्ताले १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् । 

सर्वोत्तम सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९.७० रुपियाँ बराबरको कारोबार भएको हो । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १०८२.७० मा कारोबार भएर यो साताका लागि रोकिएको छ । 

गत सोमबार १७.०१ अंकले बजार घट्दा २ अर्ब ४८ करोड ९१ लख १८ हजार ४ सय ८५.०८ रुपियाँ, मंगलबार १०.१४ अंकले बजार बढ्दा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३.०१ रुपियाँ र हिजो बुधबार १०.८३ अंकले बजार घट्दा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४.३० रुपियाँ बराबरको कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने होली पर्वको बिदाका कारण शेयर बजार बन्द थियो ।   
 

Advertisement

Advertisement