नेशनल लघुवित्तको साधारणसभा आज,  १५ प्रतिशत लाभांश र एफपीओ प्रस्ताव पारित हुने

Advertisement

काठमाडौं । नेशनल लघुवित्तको वार्षिक साधारणसभा आज (चैत १६) गते बस्दैछ । 

सभा, धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेस हुने बताइएको छ । 

सभामा गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ । 

त्यस्तै, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक चयन गर्नेसमेत एजेन्डा रहेको छ । 

सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ । अतः फागुन २९ गतेसम्म नेप्सेमा कारेबार भई कायम रहेका शेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।

Advertisement

Advertisement