‘अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ । आफ्नै भूगर्भभित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइराखेका छौँ।’

जुम्ला पुगेका राजा ज्ञानेन्द्रले भने– राष्ट्रको पुरानो गौरव फर्काउँ

Advertisement

काठमाडौं । नागरिक अभिनन्दनका क्रममा शनिबार जुम्लाको खलंगा पुगेका राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्दै राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन् । 

उनले देश बनाउनका लागि सबै एकजुट भएर राष्ट्रको पुरानो गौरव फर्काउनुपर्ने बताउँदै भने, ‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ। आफ्नै भूगर्भभित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइराखेका छौँ। कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर खै ? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’

Advertisement

गणतन्त्र घोषणापछि गद्दीबिहीन बनेका राजा ज्ञानेन्द्रले परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ भन्दै थपे, ‘याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन ।’ अब नयाँ संवाद, नयाँ समझदारी र नयाँ सम्झौतातर्फ जनमत बढ्दै गइरहेको आफूले अनुभव गरेको उनले बताए । 

राजा ज्ञानेन्द्रले भने,’अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’

undefined

Advertisement