कामिरिता शेर्पा २९औं पटक सगरमाथा आरोहण गर्दै, आफ्नै विश्व रेकर्ड तोड्दै  !

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २९औं पटक सगरमाथाको आरोहण गर्ने भएको छ । 

कामिरिताले सर्वोच्च शिखर २९औं पटक सफल आरोहण गर्दै २८औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्ने बताए । 

Advertisement

शेर्पाले गत वर्षको वसन्त ऋतृमा २८ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कार्यम गरेका थिए । 

२९औं पटक आरोहण गर्न उनी आज लुक्लातर्फ प्रस्थान गरेका छन् । खुम्बु गाउँपालिकाको थामेका शेर्पाले फोर्टिन पिक्स एक्स्पडिशन कम्पनीका गुरुहरूको नेतृत्व गर्दै सगरमाथामा २९औं पटक पाइला टेक्ने जानकारी दिए । 

पर्यटन विभागबाट यो सिजनका लागि हालसम्म सगरमाथाका लागि दुई सय ७४ जनाले आरोहण अनुमति लिएका छन् । यही वसन्त ऋतृका लागि २३ वटा हिमालहरुको लागि छ सय १२ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । उनीहरुबाट सरकारले ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपैयाँ रोयल्टी संकलन गरेको छ । 

सरकारले जोगाएन भने अबको ५-१० वर्षपछि हिमाली क्षेत्रमा शेर्पाहरु नपाइनसक्छः कामिरिता शेर्पा

Advertisement

Advertisement