हिमालयन बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्दा वितरणयोग्य नाफा पाँच अर्बले ऋणात्मक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैतसम्म हिमालयन बैंकले १ अर्ब ९४ करोड ८१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ७३ करोड ८८ लाख रुपियाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १२ प्रतिशतले बढेको हो ।

चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ८ अर्ब ४३ करोड ३९ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ६ अर्ब ४९ करोड २९ लाख रुपियाँ थियो । साथै, कुल सञ्चालन आम्दानी ९ अर्ब ५५ करोड २२ लाख रुपियाँ गरेको बैंकको सञ्चालन नाफा भने ३ अर्ब ५१ करोड ८९ लाख रुपियाँ रहेको छ ।

Advertisement


चालू आवको ९ महिनामा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपियाँ छ भने जगेडा कोषमा १९ अर्ब १५ करोड १७ लाख रुपियाँ सञ्चित छ । बैंकले २ खर्ब ९८ अर्ब ६२ करोड रुपियाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब १७ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।

तेस्रो त्रैमाससम्म बैंकको खराब कर्जा भने बढेको छ । गत आवको सोही अवधिमा ४.५६ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९६ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको कुल वितरणयोग्य नाफा पनि ५ अर्ब २४ करोड २४ लाख रुपियाँले ऋणात्मक छ ।

Advertisement