सिटिजन्स बैंकको खुद नाफा र ब्याज आम्दानी दुवै घट्यो, यस्तो छ वित्तीय विवरण

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा सिटिजन्स बैंकको खुद नाफा घटेको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १.९९ प्रतिशत कम हो । गत आवमा बैंकले १ अर्ब २३ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

त्यसैगरी, चालू आवको ९ महिनासम्म बैंकको खुद ब्याज आम्दानी ३.२५ प्रतिशतले घटेको छ । तर, खुद फी तथा कमिसन आम्दानी २७.९४ प्रतिशत, कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा भने ५.२३ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ करोड ८९ लाख रुपियाँ छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १.८९ रुपियाँ छ । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ पैसाले घटेर ११.३७ रुपियाँमा सीमित भएको छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा र प्रतिशेयर नेटवर्थ १४९.९८ रुपियाँ छ । 

१४ अर्ब २० करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७ करोड रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा १ खर्ब ८२ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । 

Advertisement