सानिमा जीआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा,  यति छ न्यूनतम मूल्य

Advertisement

काठमाडौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले तीन लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।  इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं नागपोखरीस्थित कुमारी क्यापिटल लिमिटेडमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । 

Advertisement

कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपियाँ निर्धारण गरेको छ । 

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थाका लागि शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Advertisement