ह्वाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट

Advertisement

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । 

कमपनीले जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । 

Advertisement

सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका कार्यकारी निर्देशक सुमनकुमारी जोशीले हस्ताक्षर गरेका छन् । 

ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ जिल्लाको भुलभुले स्थित हिदी खोलाको पानी सदुपयोग गरी ६.८२ मेगावाटको नदी प्रवाहमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

Advertisement