प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोहीले खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले आजका मितिबाट १५ दिनभित्र बैंकको कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । शेयरको बिक्री मूल्य कम्पनीसचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

Advertisement

बैंकले गत माघ २२ गते संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सूचना जारी गरेको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

Advertisement