एघार लाख कित्ता शेयर बेचेर नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिँदै विशाल ग्रुप

Advertisement

काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो ११ लाख कित्ता संस्थापक शेयर बेच्ने भएको छ । सोहीअनुसार पुनर्बिमा कम्पनीले ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । 

यो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन् । 

Advertisement

न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपियाँ तोकिएको यस शेयरमा खरिदकर्ताले कम्तीमा न्यूनतम मूल्य वा सोभन्दा बढी मुल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताहरूले यही वैशाख २६ गतेसम्म आवेदन दिनुपर्नेछ । 

आवेदन दिँदा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर भवन, थापाथली–११, काठमाडौंमा दिनुपर्नेछ । 

बोलपत्र फाराम पनि सोही स्थानमा पाइने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement