रिडी पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

Advertisement

काठमाडौं । रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ ।

कम्पनीले गत चैत २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयरको बाँडफाँट भएको हो ।

Advertisement

बाँडफाँटमा नपरेका आवेदकको शेयरबापतको रकम वैशाख २० गतेदेखि सम्बन्धित बैंक खातामा जम्मा गराइने कम्पनीले जनाएको छ ।

साथै, बाँडफाँटको अन्तिम मूल्य १४८.१० रुपियाँ रहेकामा उक्त मूल्यमा बोलपत्र पेस गर्नेहरुको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रुपमा शेयर बाँडफाँट गरिएको कम्पनीले बताएको छ ।

Advertisement

Advertisement