काठमाडौं । गएको महिना अक्टोबर महिनामा एक लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै एक लाख ४ हजार ६८२ जना पर्यटक बाहिरिएका छन् ।
२०२३ को तुलनामा ६.०४ प्रतिशतले पर्यटक बढेका हुन् । २०२३ को अक्टोबर महिनामा एक लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २०१९ को अक्टोबरपछि पर्यटकको आगमन बढिरहेकोको बोर्डको तथ्याङ्कले देखाएको छ । २०१९को तुलनामा ९२.७६ प्रतिशतले पर्यटन बढेको छ ।
कुन देशबाट कति आए पर्यटक ?
१) भारत १६,३१३
२) अमेरिका १६,०२३
३) बेलायत ८,०१९
४) चीन ७,७५०
५) अष्ट्रेलिया ६,९२९
६) जर्मनी ६,०१८
७) फ्रान्स ५,४८५
८) बंगलादेश ४,४७६
९) श्रीलंका ३,१२५
१०) इटाली २,६३५