टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ प्रालिले ग्राहकहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । अब सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् । 

सिप्रदीको ग्राहकमुखि अवधारण अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङ तथा मर्मत कार्यको फाइदा उठाउन सक्नेछन् । यस मुल्य समायोजन पश्चात ग्राहकवर्गले आफ्नो गाडीको संचालन खर्चमा ३०% को बचत प्राप्त गर्न सक्नेछन् ।

Advertisement

बैशाख २३ गते बाटनै सम्पूर्ण सर्भिस सेन्टरहरुमा नयाँ मूल्य लागू भएको कम्पनीले जनाएको छ । साथै सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० किमिसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान् गर्दै आइरहेको जनाएको छ । 

Advertisement

Advertisement