जीवन बीमा कम्पनीहरूको नाफा ४३ प्रतिशतले बढ्यो, कुनले कति कमाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनामा जीवन बीमा कम्पनीहरूको खुद नाफा ४३ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ४३ प्रतिशतले नाफा बढेको देखिएको छ । 

समीक्षा अवधिमा १४ ठूला बीमा कम्पनीले कुल चार अर्ब ९१ करोड ८६ लाख ७९ हजार रुपियाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा एक अर्ब ४८ करोड ४० रुपियाँले बढी हो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले तीन अर्ब ४३ करोड ४६ लाख ६२ हजार रुपियाँ खुद नाफा कमाएका थिए । 

Advertisement

नौ महिनामा सबैभन्दा बढी नाफा एसियन लाइफ इन्स्योरेन्सले कमाएको छ । तथ्यांकअनुसार चैत मसान्तसम्म उक्त कम्पनीको नाफा ६९ करोड ११ लाख रुपियाँभन्दा बढी पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ४७ लाख २२ हजार रुपियाँ थियो । 

त्यस्तै, दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । चैत मसान्तसम्म उक्त कम्पनीले ६० करोड ३ लाख रुपियाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ४९ करोड १२ लाख ५८ हजार रुपियाँ नाफा कमाएको थियो । 

त्यसैगरी नाफा कमाउनेमा तेस्रो नम्बरमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । समीक्षा अवधिमा कम्पनीले ४९ करोड ३६ लाख ६८ हजार नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिमा कम्पनीको नाफा ४४ करोड ४५ लाख १८ हजार रुपियाँ थियो । 

समीक्षा अवधिमा हिमाल लाइफ इन्स्योरेन्स भने घाटा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ४७ करोड ३२ लाख ३४ हजार नाफा कमाएको कम्पनीले यस अवधिमा भने ४३ करोड ५४ लाख २९ हजार रुपियाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशतले कम हो । 

हेर्नुहोस् कुन कम्पनीले कति नाफा कमाए ?

undefined

 

Advertisement

Advertisement