नेप्से उचालिंदा कारोबार रकम पनि बढ्यो, पाँच कम्पनीमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । नेप्से उचालिएसँगै कारोबार रकम पनि बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २४.३९ अंकले उचालिएको हो । १.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९८.८९ अंकमा उक्लिएको छ । 

Advertisement

आज बजारमा सुधार देखिएपछि वित्त, होटल, उत्पादनमूलक र निर्जीवन बीमा समूह भने राताम्मे भएका छन् । अरुमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी ३.२१ अंकले बढेको हो । 

undefined

बजारमा आज ३२० कम्पनीका ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १ सय ५७.९१ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नारायणी डेभलपमेनट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रो १०–१० प्रतिशतले बढ्दा सिर्जनशील लघुवित्त र हिमालयन उर्जाका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका छन् । गुराँस लघुवित्त ९.७८ प्रतिशतले बढेको छ । 

undefined

त्यस्तै सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त कम्पनीको ३० करोड ८० लाख रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार ८.२६ अंकले बजार बढ्दा ३ अर्ब १५ करोड ५१ लख ४२ हजार १ सय ६८.४३ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement