तामायुक्त वाटर प्युरिफायर केन्ट सुप्रीम कपर मोडल नेपाली बजारमा

Advertisement

काठमाडौं । ईओएल प्रालि, चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभाग अन्तर्गतको सब्सिडी कम्पनीले आरओ वाटर प्युरिफायर ब्रान्डको एकमात्र आधिकारिक वितरकले तामा युक्त केन्ट सुप्रीम कपर मोडल नेपालमा ल्याएको छ । 

आजभोलि कपर आरओ पानी धेरै स्वास्थ्य लाभहरूको कारण मानिसहरूले व्यापक रूपमा रुचाउने गरेका छन् । यसलाई ध्यानमा राख्दै केन्टले शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउन  तामासहितको आरओ वाटर प्युरिफायर ल्याएको हो ।

Advertisement

केन्ट सुप्रीम कपर (आरओयुभींयुएफ कपरं टिडिएस कन्ट्रोल) प्रविधि भएको वाटर प्युरिफायर हो । भित्तामा झुन्ड्याउन मिल्ने आकर्षक डिजाइनको साथसाथै यो प्युरिफायरमा आरओ प्रविधि छ, जसले स्वस्थ र शुद्ध पानी उपलब्ध गराउन आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्दछ । साथै, यसको भण्डारण ट्याङ्कीमा पानीलाई ब्याक्टेरियामुक्त राख्न र शुद्ध गर्नको लागि युभी एलईडी लाइट पनि हुन्छ । यो स्मार्ट आरओ वाटर प्युरिफायरमा तामा पनि हुने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement