काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले २० हजार २२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
हाल यस शेयरमा फाइनान्सका विद्यमान विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदन आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।
सो समयभित्र खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ ।