काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयरमा हाल विद्यमान शेयरधनीले मात्र खरिद आवेदन दिन पाउनेछन् ।
इच्छुक शेयरधनीले आवश्यक कागजातसहित २५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय ढल्केबर धनुषामा आफूले खरिद गर्न चाहेको कित्ता र रकम खुलाई आवेदन दिनुपर्नेछ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५५ रुपियाँ निर्धारण गरिएको छ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।