बीमक संघ र बैंकर्स संघबीच तथ्यांक आदान प्रदान गर्ने सहमति

Advertisement

काठमाडौं । नेपाल बीमक संघ र नेपाल बैंकर्स संघबीच सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने सम्झौता भएको छ । 

मंगलबार दुवै संघबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । 

Advertisement

सम्झौता पत्रमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी र नेपाल बीमक संघकाअध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ  । 

सम्झौताले वाणिज्य  बैंक, बीमा क्षेत्र  लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको  छ ।
 

Advertisement

Advertisement