काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात् जेठ ६ गते बुकक्लोज गर्दैछ ।
अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले जेठ १७ गतेका लागि नवौं वार्षिक साधारणसभा डाकेको छ ।
सभा अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वेट, बत्तीसपुतलीमा बिहान साढे ९ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीका ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।