शेयर बजारमा उछालः नेप्से ४५.६९ अंक उचालिंदा सवा ५ अर्बको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उछाल आएको छ । नेप्से उचालिएसँगै कारोबार रकम पनि ५ अर्ब नाघेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामा लचिलो नीति लिएपछि त्यसको प्रभाव शेयर बजारमा पनि देखिएको छ । 

Advertisement

नेपाल स्टक इक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४५.६९ अंकले बढेको हो । २.२६ प्रतिशत बजार बढेसँगै नेप्से परिसूचक २०६४.४५ अंकमा उक्लिएको छ । 

आज ३२३ कम्पनीका १ करोड २२ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २५ करोड १० लाख रुपियाँ बराबरको कारोबार भएको हो । 

आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

त्यस्तै माण्डु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज सिईडीबी हाइड्रोपावरको उच्च कारोबार भएको छ ।  उक्त कम्पनीको १४ करोड ८० लाख रुपिायँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

 

Advertisement

Advertisement