सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

लघुवित्तले विभिन्न पाँच जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

हाल यस शेयरमा लघुवित्तका विद्यमान संस्थापक शेयधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।  इच्छुक संस्थापक शेयरधनीहरूले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ । 

सो समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।

Advertisement

Advertisement