नेशनल फण्डले ५० प्रतिशत हकप्रद जारी गर्न डाक्यो विशेष साधारणसभा

Advertisement

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले हकप्रद शेयरको प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा डाकेको छ । 

सभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभाले कम्पनीको रु ५० प्रतिशेयरको २ बराबर १ शेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपियाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गरी चुक्ता पुँजी र जारी पुँजी बढाउने तथा प्रिमियममा समेत शेयर जारी गर्न सक्ने व्यवस्था गर्ने एजेन्डा रहेको छ ।

Advertisement

Advertisement