काठमाडौं । बुधबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला १ सय घटेको हो भने चाँदी १५ रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।