आजको मौसम : यी तीन प्रदेशमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Advertisement

काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका  एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

Advertisement

कोशी, मधेश र लुम्बिनी प्रदेशलगायतका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने सक्ने विभागको भनाइ छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै विभागले राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने बताएको छ।

साथै, देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement