काठमाडौँ । टीभीएसको बाइक खरीद गर्दा जनकपुरका उतीमलाल साहले नगद रु. १० लाख पाँच हजार जितेको यस बाइक (मोटरसाइकल)को आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।
नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजनाअन्तर्गत साहले बाइक खरीद गर्नुअघि रु. पाँच हजार र खरीद पश्चात रु १० लाख जित्न सफल भएका हुन् ।
साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरीद गर्दा टेकराज गुरुङले रु पाँच लाख पाँच हजार जित्न सफल भएका छन् । उनले खरीदअघि रु. पाँच हजार र खरीद पश्चात रु. पाँच लाख जित्न सफल भएका हुन् ।
मेलामै टीभीएसको सवारी साधन खरीद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरीदमा ५० प्रतिशत क्यासब्याक र खरीदअघि रु. पाँच हजार जित्न सफल भए्को जानकारी दिइएको छ । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरीद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्याशब्याक र खरीदअघि रु. पाँच हजार जित्न सफल भएको कम्पनीले जनाएको छ ।
‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजनाअन्तर्गत हालसम्म दुई जनाले नगद रु. एक लाख, चार जनाले नगद रु. ५० हजार, १० जनाले नगद रु. २५ हजार, १५ जनाले नगद रु. १५ हजार र १८ जनाले नगद रु. पाँच हजार जित्न सफल भइसकेका छन् ।
नेपालमा दुईपाँग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजनाअन्तर्गत टीभीएसको नेपालभर रहेका अधिकारिक विक्रेतामार्फत टीभीएसका सवारी साधन खरीद गरेका उपभोक्ताहरुमध्ये नगद उपहार जित्न सफल विजेताहरुको घोषणा गरेको हो ।
टीभीएससँग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक बिक्री केन्द्रहरूमार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेकोे कम्पनीले बताएको छ ।
यस योजनाअन्तर्गत, ग्राहकहरुले नगद पुरस्कार, क्याशब्याक, र प्रि–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरु जित्ने अवसर प्राप्त गरिरहेको जगदम्बाले जनाएको छ । आगामी दिनमा पनि आकर्षक अफर ल्याउने सो कम्पनीले जनाएको छ ।