काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको छ ।
कात्तिक १२ गतेदेखि आज कात्तिक २० गते अन्तिम दिन साँझ ५ बजसम्म खुला भएको एफपीओमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपियाँ बराबरको २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४ः२५ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
उक्त एफपीओ ३५ हजार ९० जनाले १०-१० कित्ताका दरले पाउने छन् । आवेदन दिएका १४ लाखको हाल खाली हुने निश्चित छ ।
साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पुँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्नुपर्ने भएकाले एफपीओ जारी गरेको हो ।
एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलका अनुसार हाल ५६ करोड ४० लाख रुपियाँ रहेको लघुवित्तको चुक्ता पुँजी एफपीओ निष्काशनपश्चात् ५९ करोड ९० लाख रुपियाँ पुग्नेछ ।