फुन्जो लामाले १४ घन्टा ३१ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर राखिन् विश्व कीर्तिमान

Advertisement

काठमाडौं । फुन्जो लामाले १४ घन्टा ३१ मिनेटमा सगरमाथा पुगेर विश्व कीर्तिमान राखेकी छिन् । उनीे बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेकी हुन् । 

सगरमाथा आधार शिविरदेखि सगरमाथासम्म २४ घण्टा २४ मिनेटमा उनले सो यात्रा तय गरेकी हुन् । 

Advertisement

यसअघि फुन्जोले सन् २०१८ मा ३९ घण्टा ६ मिनेटमा सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी थिइन । लामाको रेकर्ड २०२१ मा हङकङका अडा टासाङ यिन हुङले ले २५ घण्टा ५० मिनेटमा सगरमाथाको सफल आरोहण गरी तोडेका थिए ।

Advertisement

Advertisement