काँग्रेसको अवरोधपछि संसद आईतवारसम्मका लागि स्थगित, विधिसंगत चलौंः सभामुख

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आईतवारसम्मका लागि स्थगित भएको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठक आईतवारसम्मका लागि स्थगित भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली काँग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेपनि काँग्रेसले उठेर अवरोध जनाएपछि बैठक आईतवार बिहान ११ बजेसम्मका लागि स्थ्गित भएको सभामुख घिमिरेले घोषणा गरे । 

Advertisement

उनले विधिसम्मत रुपमा बोल्ने व्यवस्था सदनमा हुने गरेको र बोल्ने वातावरण सत्ता पक्ष र प्रतिपक्ष सबैले बनाउनुपर्ने बताए । काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै आएको छ । छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने काँग्रेसले बताएको छ । 

काँग्रेसले उठेर विरोध जनाए पश्चात सभामुखले संसद विधिसंगत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको बताए । उनले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गरे । 

घिमिरेले संसदको कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्नु आग्रह गरे । उनले भने, ‘सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पु¥याउनु हुनेछ । संसदले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पु¥याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । संसदलाई विधिसङ्गत ढङगबाट छलफलको केन्द्र बनाऔं । त्यही अनुसार जानको लागि सम्पूर्ण माननिय सदस्यहरुलाई अनुरोध गर्दछु ।’

सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूचि हटाउँदै जेठ १३ गते आईतवार ११ बजे बैठक बस्नेगरी स्थगित गरे । 

Advertisement

Advertisement