काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणले खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो ।