काठमाडौं । चीनमा न्यू स्र्टटअप कम्पनीहरु मध्ये नेटा सबैभन्दा बढी गाडी बिक्री गरेर पहिलो स्थान आउन सफल भएको छ ।
सन् २०२४ को जनबरीदेखि अप्रिल महिनासम्म चीनमा नेटाले १३ हजार ६ सय ९४ वटा गाडी बिक्री गर्दै पहिलो स्थानमा रहन सफल भएको छ ।
सो अवधिमा एक्सपिङ, सेरेस र स्काईवर्थले क्रमशः ३ हजार २९, २ हजार ६ सय ९१ र ३६८ वटा गाडी बिक्री गरेको तथ्याङ्क छ ।
त्यस्तै समग्रमा न्यू इनर्जी अटोमोबाइल कम्पनीतर्फ जनवरीदेखि अप्रिलसम्म अन्य देशमा निर्यातको तथ्याङ्क अनुसार नेटा चौथो स्थानमा छ ।
उक्त अवधिमा बीवाईडीले १ लाख ३८ हजार ७ सय ६९ वटा, टेस्लाले १ लाख १९ हजार २ सय २ वटा, साइस प्यासेन्जर कार २९ हजार ८ सय २७ र नेटाले १३ हजार ६ सय ९४ वटा गाडी निर्यात गरेको तथ्याङ्क छ ।