नेपाल चेम्बर र इजरायल एसिया चेम्बरबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । 

व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र र इजरायल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत  बर्सन्टेन रेचले हस्ताक्षर गरेका हुन् । 

Advertisement

नेपाल–इजरायल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरुको हित अनुकुल हुने गरी व्यापार तथा लगानी सम्वन्धी कानून र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै मैत्रीपुर्ण सम्वन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको छ । 

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चेम्बर र इजरेल चेम्बरबीच व्यापार एवं प्रर्दशनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापर विस्तारका लागि सहकार्य गरिने छ ।’

कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ  । सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रर्वद्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ ।’

यस्तै नेपाल र इजरायलका  उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि  सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो । 


 

Advertisement

Advertisement