सुनको मूल्य एकैदिन २ हजार बढ्यो, प्रतितोला १ लाख ६४ हजार ४ सयमा कारोबार

Advertisement

काठमाडौं । सुनको मूल्य एकै दिन २ हजारले बढेर नयाँ रेकर्ड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

हिजो बिहीबार पनि सुनको मूल्य बढेर प्रतितोला १ लाख ६२ हजार ४ सय रुपियाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी तोलाको ३० रुपियाँ बढेर प्रतितोला १ हजार ९ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसैको प्रभाव देखिएको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य अझै माथि जाने आंकलन गरिएको छ । 

Advertisement

Advertisement