मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ताको ‘लक इन’ अवधि आज सकिँदै

Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ‘लक इन’ अवधि आज (जेठ १८) बाट सकिँदैछ । 


कम्पनीले आईपीओमार्फत निष्काशन गरेको शेयर गत मंसिर १९ गते बाँडफाँट गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपियाँ बराबरको ७० हजार कित्ता शेयर लक इनमा रहेको छ ।

Advertisement

सोही ७० हजार कित्ता शेयरको ‘लक इन’ अवधि आजबाट सकिन लागेको हो ।


‘लक इन’ अवधि सकिएसँगै आइतबारबाट संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

Advertisement

Advertisement