सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४२ हजार २ सय !

Advertisement

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा आज सुनको तोलामा रु. १७ सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला रु १ लाख ४० हजार पाँच सयमा बिक्री भएको सुन आज बढेर रु. १ लाख ४२ हजार २ सय कायय भएको छ । यसअघिको रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो ।  

Advertisement

तेजाबी सुन बिहीबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकोमा आज रु १ लाख ४१ हजार ५ सयमा कारोबार भइरहेको छ । दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदी भने आज प्रतितोला रु. २५ ले घटेर १८ सय ७५ रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement