समता घरेलु लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले बोनस शेयर शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको जनाएको छ । 

कम्पनीको चैत्र २९ गतेको दशौं वार्षिक साधारणसभाले पारित गरेको ५.४२२२ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । 

Advertisement

कम्पनीले चैत्र १८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराएको छ । 

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चैत्र १८ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीको हकमा भने बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का भई शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । साथै, कम्पनीले कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।
 

Advertisement

Advertisement