काठमाडौं । सर्वसाधारणले खरिद गर्न पाउने गरी नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको सात हजार ३१२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित १० दिनभित्र काभ्रेपलान्चोकको बनेपा–१० स्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको थियो ।
तोकिएको समयावधिभित्र संस्थापकहरूबाट आवेदन नपरेपछि सो शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो ।