काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १९ लाख ६९ हजार ४ सय १४.६२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
एक लघुवित्त र एक ट्रेडिङ कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसैक्रममा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको १५ लाख ५१ हजार ८८.१६ कित्ता शेयर सूचीकृत भएको हो ।
त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको ४ लाख १८ हजार २ सय २६.४६ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।