शेयर बजारमा सुधार, ४ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा आज सुधार देखिएको छ । बजारमा सुधार देखिएसँगै कारोबार रकम पनि ४ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.२२ अंकले बढेको हो । ०.२९ प्रतिशतले बजार बढ्दा नेप्से २०८५.३० अंकमा उक्लिएको छ । 

Advertisement

बजार उकालो लागे पनि जलविद्युत र म्युचुअल फण्ड क्रमशः ०.६१ र ०.११ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । लघुवित्त समूह सबैभन्दा बढी १.४८ प्रतिशतले बढेको छ । 

undefined

आज ३१५ कम्पनीका ८३ लाख ५ हजार ७ सय ८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८ सय ७७.४१ रुपियाँ बराबरको कारोबार भएको छ । 

ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.५१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
 
आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ९२ लाख ४२ हजार ७४ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार १३.५१ अंकले बजार बढ्दा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९.९५ रुपियाँ र हिजो सोमबार ३.९७ अंकले बजार घट्दा ४ अर्ब ४० लाख ७० हजार २ सय ४३.६० रुपियाँ बराबरको कारोबार भएको थियो ।

Advertisement

Advertisement